Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खोटाङमा ट्याक्टरबाट खसेर प्रधानाध्यापकको मृत्यु

खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077