Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाका सांसद अर्यालले भने– रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमानजस्तो लाग्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रममा समेत सांसदरूको न्यून उपस्थितिलाई लिएर आलोचना गरेका छन् ।

सोमबार छलफलमा भाग लिँदै सांसद अर्यालले सदनमा सांसदहरूको उपस्थिति देख्दा नीति कार्यक्रममाथि रोष्ट्रममा आएर टिप्पणी गर्नु रोष्ट्रमकै अपमान भएको बताएका हुन् ।

उनले भने, ‘सदनको खाली कुर्सीहरू हेर्दा आफू पनि रोष्ट्रममा आएर बोलिरहनु रोष्ट्रमकै अपमान गरेजस्तो लाग्छ। कहिलेकाहीँ, घरमै बसेर ऐनामा हेर्दै बोलेर पेनड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाए पनि हुने हो कि भन्नेजस्तो लाग्छ।'

सरकाले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्ना सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077