Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्विजरल्याण्ड पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने पार्वती पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ घर भई बाँकेको कोहलपुर बस्ने पार्वती थापा रहेकी छिन् ।

थापाले तुलाराम तारम मगरलाई सात लाख बीस हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पीडितबाट पार्वतीले पैसा लिई सम्पर्क विहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

विभागको पत्राचारका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका विकलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077