Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बर ट्रेन्डिङमा

काठमाडौं । यतिबेला नेपाली कथानक चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।

पुणेन्द्रु झाले निर्देशन गरेको चलचित्र डिजिटल रिलिजको केही दिनमै युट्युब रिलिजको एक नम्बरमा पुगेको हो । यो चलचित्र दुई दिनअघि मात्र ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल चलचित्र चौका दाउको कथा लेखन तथा संगीत विशिष्ट संगीतकार शम्भुजित बास्कोटाको रहेको छ ।

फिल्ममा ४ जना वृद्ध र जवान प्रेमीकाको रमाइलो कथा र त्यसपछिको वियोगान्त घटनाक्रम समेटिएको छ ।

फिल्ममा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुंगाना, सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राईलगायतको अभिनय छ।

https://youtu.be/ai5rhvLDU3k

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077