Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बर ट्रेन्डिङमा

    ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बर ट्रेन्डिङमा

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । यतिबेला नेपाली कथानक चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।

    पुणेन्द्रु झाले निर्देशन गरेको चलचित्र डिजिटल रिलिजको केही दिनमै युट्युब रिलिजको एक नम्बरमा पुगेको हो । यो चलचित्र दुई दिनअघि मात्र ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।



    छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल चलचित्र चौका दाउको कथा लेखन तथा संगीत विशिष्ट संगीतकार शम्भुजित बास्कोटाको रहेको छ ।

    फिल्ममा ४ जना वृद्ध र जवान प्रेमीकाको रमाइलो कथा र त्यसपछिको वियोगान्त घटनाक्रम समेटिएको छ ।

    फिल्ममा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुंगाना, सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राईलगायतको अभिनय छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार