Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

सोमबार क्यानले जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा छनोट भएको थियो ।

विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077