Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077