Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी

धनुषा । मधेस प्रदेश सरकारमा आज नयाँ सत्ता समीकरण अनुसार मत्रिपरिषद् हेरफेर हुँदैछ।

मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन लागिएको हो।

समाजवादीले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।

उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा दुई मन्त्रालयको अडानमा छ ।

कांग्रेसबाट भने भौतिक पूर्वाधार विकास मन्त्रीमा संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077