Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा फर्कियो उत्साह, नेप्से ५१ अंकले वृद्धि हुँदा २ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २.७१ प्रतिशतले बढेको छ । आज ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दु कायम भएको छ ।

गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ ।

बजार यसरी उल्लासपूर्ण रुपमा बढ्दा कुल दुई अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १० करोड रुपैयाँ कारोबार भएको छ ।

यसदिन कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077