Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘नाङ्गो गाउँ’मा नेता बनेका दयाहाङको लुक्स सार्वजनिक

काठमाडौं । दीपेन्द्र लामाद्वारा निर्देशित नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ।

छायांकन सकिएसँगै फिल्ममा अभिनेता दयाहाङ राईको पात्र लुक्स सार्वजनिक भएको छ। शीर्षमध्येको भूमिकामा देखिएका दयालाई नेताका रुपमा देख्न सकिन्छ।

दीपेन्द्र लामाकै कथा रहेको यो फिल्मको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको हो।

फिल्ममा दयाहाङसँगै मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डेलगायतका कलाकारले अभिनय रहेको छ ।

जय श्रेष्ठले लगानीमा बनेको फिल्म भदौको २९ गतेलाई रिलिज गर्ने तयारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077