Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालकृष्णको बयान - तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले इन्कारी बयान दिएका छन् ।

प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा लिएको बयानमा पूर्वगृहमन्त्री खाँणले इन्कारी बयान दिएका हुन् । उनले अघिल्लो सरकारले गरेको कामलाई आफू गृहमन्त्री भएपछि निरन्तरता मात्रै दिएको दाबी गरे ।

'टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ। नरेन्द्र केसी मेरो निजी सचिव थिए । टोप बहादुर रायमाझी संबिधान सभा सदस्य, प्रतिनिधी सभा सदस्य र पूर्व मन्त्रीसमेत भएकोले चिनजान छ ।

म मिति २०७८ साल असार महिनाको २९ गते देखी मिति २०७९ पौष महिनासम्म गृहमन्त्रीको रुपमा कामकाज गरेको हुँ। म गृह मन्त्री रहँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम इमान्दारीपूर्वक सम्पादन गरेको हुँ,' खाँणले बयानमा भनेका छन् । यस्तै प्रहरीले बरामद गरेको खाणको फोन पनि कसरी फर्म्याट भयो भन्ने पनि जानकारी नभएको उनले जिकिर गरे ।

खाँणले बयानमा भनेका छन्, 'भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन। म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077