Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दुलालको बयान - ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्यलाई १ करोड दिएँ, म उल्टै ठगिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकजना योजनाकार केशव दुलालले उच्च पदस्थहरुबाट आफू उल्टै ठगिएको बयान दिएका छन् ।

आफूले अमेरिका पठाउने नाममा कसैलाई आश्वासन नदिएको र रकमसमेत नलिएको दाबी गरेका उनले आफूलाई उल्टै उच्च पदस्थहरुले ठगेको दाबी गरेका हुन् ।

जाहेरवालाहरू गजेन्द्र बुढाथोकी, राम कुमार रेग्मी र प्रेमराज पन्थीलाई आफूले ठगी नगरेको र उनीहरुलाई नचिनेको पनि बयानमा सानुले उल्लेख गरेका छन् । अमेरिका पठाउने नाममा तीनजना जाहेरवालसहित २३ जनाको बायोमेट्रिक पनि आफूले नगराएको उनले बयानमा भनेका छन् ।

यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको पनि प्रहरीलाई बयान दिएका छन् । दुलालले प्रहरीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिए ।

प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’ प्रहरीले लिएको बयानका क्रममा सुरुमा केशवप्रसाद दुलालले इन्कारी बयान दिएका थिए ।

उनले यो प्रकरणमा नेकपा एमालेसम्बद्ध नेताहरुको नाम पोलेका छन् । दुलालले एमाले उपाध्यक्ष रामबहादुर थापा बादलदेखि अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव  बज्राचार्यलाईसमेत मुछेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077