Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खाँणका स्वकीय सचिवको बयान – भुटानी शरणार्थी प्रकरणबारे मलाई कुनै जानकारी छैन्

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीले आफूलाई नक्कली शरणार्थी प्रकरणबारे कुनै जानकारी नभएको बयान दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका केसीले सरकारी वकिलको कार्यालयमा प्रहरीले लिएको बयानमा आफूमाथि आरोप लगाउनु नै गलत भएको जिकिर गरेका हुन् ।

आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक-पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको उनले बताए । मेरो नाम उल्लेख गरी लेखिएको कागज क-कसले, कु-कुन प्रयोजनको लागि लेखेको हो, के-कसरी प्रतिवादी बालकृष्ण खाणको घरबाट बरामद भएको हो मलाई थाहा भएन।

'प्रतिवादी केशवप्रसाद दुलाल र प्रतिवादी टेकनारायण पाण्डे बीचमा कुन-कुन आधारमा मलाई रकम दिने भनी मेरो नाम जोडी निजहरू बीचमा उक्त कुराकानी भएको हो, मलाई जानकारी भएन,' उनले बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077