Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकाको बयानमा कतै स्वीकार, कतै अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ । उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तहका नेताहरूले इन्कारी बयान दिएका छन् ।

प्रहरीले विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान गरिरहेका आरोपीहरूविरुद्ध सरकारी वकिलको कार्यलयमार्फत मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढेको छ । आरोपीहरूलाई राज्यविरुद्धको र सांगठिक अपराध अन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीले इन्कारी बयान दिएका छन् । खाँणले बयानमा भनेका छन ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन । म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु ।’

यस्तै, खाँणका स्वकीय सचिव केसीले पनि इन्कारी बयान दिएका छन् । आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक–पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको उनको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077