Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महेश बस्नेतको खुलासा - एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बन्यो

काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले एमाले र एमालेका नेतालाई फसाउने षड्यन्त्र बनाएको आरोप लगाएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत नेता बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र एमालेका नेतालाई फसाउने अनेक प्रपञ्ज भइरहेको आरोप लगाएका हुन् ।

कांंग्रेसका नेताहरुलाई बचाएर एमालेका नेताहरुलाई फसाउने र बदनाम गराउने अनेक प्रपञ्ज भइरहेको भन्दै उनले एमालेलाई बदनाम र फसाउन खोजेका १६ बुँदाहरुसमेत सार्वजनिक गरे । कांग्रेसका नेता केशव दुलाललाई नक्कली भुटानी शरणार्थीको मुख्य नाइकेका रुपमा पक्राउ गरिएता पनि उनलाई एमालेका नेताको नाम लिएर बयान दिन दवाव दिएर योजनावद्ध रुपमा सत्ता गठबन्धनले एमालेविरुद्ध लागेको भन्दै आक्रोस जनाए ।

उनले लेखेका छन् 'आज मंगलबार एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077