Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित हुनुपर्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसदबाट दुई पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले प्रमाणित गर्नु पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद निधिले नागरिकता विधेयक प्रमाणित गराउन सरकार सक्रिय हुनुपर्ने बताएका हुन्।

सांसद निधिले भने, ‘संसदले दुईपटक पारित गरेर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन। त्यहीँबाट प्रमाणित हुनुपर्छ। राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूबीच नागरिकता विधेयक प्रमाणित गर्ने सम्बन्धमा छलफल भएको समाचार सुनियो । वाधा फुकाउन पनि परेन यो संविधानसम्मत कुरा नै हो।’

उनले सदनले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नु संविधानसम्मत रहने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077