Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिए सडक र सदनबाट आन्दोलन गर्छौं : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया रोकिए सडक र सदन तताउने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन् ।

उनले भने– ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं। यदी यो रोकियो भने राप्रपाले सडक र सदन दुबै ठाउँबाट आन्दोलन गर्छ ।’

शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सम्बन्धमा सरकारलाई राप्रपाले रचनात्मक सहयोग गर्ने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या सम्बोधन गर्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077