Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपेन्द्र यादवको प्रस्ताव- राष्ट्रिय योजना आयोगको काम छैन, खारेज गरौँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षसमेत रहेका सांसद उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेजको प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभा बैठकमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा  यादवले आयोगको आवश्यकता नरहेको भन्दै खारेजीको प्रस्ताव गरेका हुन्।

अध्यक्ष यादवले भने, ‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ।’

आयोगको कुनै काम नभएको जिकिर गर्दै यादवले यसले खर्चमात्रै बढाउने काम गरेको पनि बताए।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077