Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा मुछिएकाविरुद्ध प्रदर्शन

काठमाडौं । विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधवार सो प्रकरणमा मुछिएकाहरुविरुद्ध नयाँ वानेश्वरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत सङ्गठनहरूको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरूले सो प्रकरणमा मुछिएकाहरू मानवतस्कर भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077