Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी कीर्तेसहित पाँचवटा अभियोग लगाउने निर्णय

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरी प्रहरीले पेश गरेको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय गरेको छ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ताका लागि काठमाडौं जिल्ला अदालत फाइल पठाएको हो ।

सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुर लगाउने निर्णय गरेको छ । नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकको करोडौं रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको बताइएको छ । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरज सहितका १७ जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077