Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ नक्कली शरणार्थी प्रकरणमा दर्ता भएको अभियोग पत्र (पूर्णपाठसहित)

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

बुधबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।  फरार हुनेमा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज राई,लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी रहेका छन् ।

अभियोग पत्र  :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077