Online Nepal
  • बिहिबार, ८ साउन २०८२
  • रास्वपाका सांसद ढाकाकुमार पदमुक्त, कंसाकारलाई शपथ गराउने बाटो खुल्यो

    रास्वपाका सांसद ढाकाकुमार पदमुक्त, कंसाकारलाई शपथ गराउने बाटो खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएपछि कारबाहीमा परेका रास्वपाका सांसद ढाकाकुमारको पद गएको छ ।

    निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आदेश जारी गरेको हो ।



    योसँगै विन्दवासिनी कंसाकारलाई सांसदको सपथ लिने बाटो खुलेको छ।

    यसअघि गत वैशाख २५ गते सर्वोच्चले निलम्बित सांसद ढाकाकुमारलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर अदालतले बुधबार अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय लिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार