Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रास्वपाका सांसद ढाकाकुमार पदमुक्त, कंसाकारलाई शपथ गराउने बाटो खुल्यो

काठमाडौं । दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएपछि कारबाहीमा परेका रास्वपाका सांसद ढाकाकुमारको पद गएको छ ।

निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आदेश जारी गरेको हो ।

योसँगै विन्दवासिनी कंसाकारलाई सांसदको सपथ लिने बाटो खुलेको छ।

यसअघि गत वैशाख २५ गते सर्वोच्चले निलम्बित सांसद ढाकाकुमारलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर अदालतले बुधबार अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077