Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इन्धन आयात १६ प्रतिशतले घट्यो

    इन्धन आयात १६ प्रतिशतले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 777
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो ।

    नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।



    अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।



    निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिए । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उनले जानकारी दिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार