Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युनिक नेपाल लघुवित्तको एफपिओ बिक्री खुला

    युनिक नेपाल लघुवित्तको एफपिओ बिक्री खुला

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 738
    SHARES

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ आजदेखि बिक्री खुला भएको छ।

    कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेको हो।



    उक्त एफपिओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ २५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।



    साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले उक्त सेयर निष्कासन गरेको हो।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार