Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँट

    युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 729
    SHARES

    काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँट भएको छ। लघुवित्तको एफपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलको कार्यालयमा आज बाँडफाँट भएको हो ।

    जसमा ३७ हजार ९४२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। जसमध्ये भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात ११ कित्ता सेयर पाएका छन्।



    उक्त एफपिओमा कुल १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।



    कम्पनीले जेठ ११ गतेदेखि १६ गतेसम्म उक्त एफपिओ बिक्री खुला गरेको थियो। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार