Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

    भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 660
    SHARES

    फाइल फोटो

    काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

    तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् ।



    बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए ।



    तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । ९ लाख ४९ हजारको हात खाली भएको छ ।

    कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो ।

    कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार