Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति पौडेल

    भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति  रामचन्द्र पौडेल आज जावलाखेल जाने भएका छन् ।

    वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति पौड्याल जावालखेल जान लागेका हुन् ।



    सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो ।



    भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन अनुसार राष्ट्रपति पौडेल पहिलोपटक जात्रामा सहभागी हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार