Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी हुँदै लोसपा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपाको सहभागिताले चौथो पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

लोसपा स्रोतका अनुसार पर्साबाट प्रदेशसभा सदस्यमा निर्वाचित रमेशप्रसाद कुर्मी मन्त्री बन्ने भएका छन्।

वन मन्त्रालय लिएर लोसपाले कुर्मीलाई सरकारमा पठाउन लागेको हो।

मुख्यमन्त्री सराेजकुमार यादवले गृह सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077