Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देश बेचुवा भनेपछि सर्वसाधरणसंग चर्किए टेकनाथ रिजाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सर्वसाधरणसंग भनाभन गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा लगिएका रिजाल जिल्ला प्रहरी परिसर काठमाडौंको गाडीबाट ओर्लिएर सर्वसाधारणसँग झोँक्किन पुगेका हुन्।

प्रहरीले रिजाललाई गाडीमा राख्नुभन्दा पहिले एक जनाले 'देश बेचुवा' भनेपछि रिजाल भनाभनमा उत्रिएका थिए। रिजालको प्रतिक्रियापछि सर्वसाधरणहरुले यस विषयमा कुरा गर्न पाउने भन्दै चर्किएका थिए ।

बयान दिएपछि प्रहरीले उनलाई आफ्नो भ्यानमा राखिसकेको थियो।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारी संयन्त्रमै रहेका पदाधिकारीको मिलेमतोमा १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार अदालतमा दर्ता भएको मुद्दामा अभियुक्तहरुको बयान आजबाट सुरु भएको छ ।

सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077