Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

काठमाडौं । वर्षाको समयमा काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहोरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।

विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेको थियो ।

सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ ।

साढे चार किमी लामो रहेको सो खण्डको सडक लामो समयदेखि अवरुद्ध भएका कारण त्यहाँका नागरिकले सास्ती खेपिरहेका थिए ।

वर्षाका कारण सडक भासिने र फोहोर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहोरका गाडी फर्कने गरेपछि सरकारले सो सडक निर्माण चाँडो सक्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077