Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सत्तापक्षले नै संसद् चलाउन चाहेको छैन : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक बस्न नसकेपछि बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका हुन् ।

सचेतक बर्तौलाले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए ।

आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मबार नभएको उनको भनाई छ । प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको उनले बताए ।

बुधबारको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।

त्यही विषयलाई लिएर एमालेले आज संसद अवरोध गरेको हो।एमालेले माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने माग राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077