Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : दुई प्रतिवादीको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुईजना प्रतिवादीहरूको बयान सकिएको छ ।

शुक्रवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई र केशव दुलालको बयान सकिएको हो ।

अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । आइतवार पनि बयान जारी रहनेछ ।

केशव दुलाललाई १४ वटा प्रश्न सोधिएको थियो । प्रायः सबै प्रश्नमा उनले इन्कारी बयान दिएका छन् । उनले बयानका क्रममा म आफै ठगीमा परेको बताएका थिए । सो प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077