Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद बैठक सुचारु गर्न शीर्ष नेताहरुबीच जुट्यो सहमति, एमालेले अवरोध नगर्ने

    संसद बैठक सुचारु गर्न शीर्ष नेताहरुबीच जुट्यो सहमति, एमालेले अवरोध नगर्ने

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 537
    SHARES

    काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।

    शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए ।



    संसद् सुचारु गराउन ठुला तीन दलका नेताहरुबीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ले संसद् सम्बोधन गर्ने र सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।



    तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता रहेका थिए ।

    बैठकमा गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए ।

    त्यस्तै कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी र हितराज पाण्डे पनि बैठकमा सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार