Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालले भने - मन्दिरमा पूजा गरेर गद्दी फिर्ता हुँदैन, राप्रपाको अध्यक्ष बन्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताएका छन् ।

नेता खनालले गणतन्त्र का उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताएका हुन् ।  नेता खनालले पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न वा नयाँ दल खोल्न सुझाव दिए।

नेता खनालले भने, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्। अभिनन्दनका कुरा छन्। एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्।’

खनालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए ।

उनले पूर्व राजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसङ्ग उठाउँदै उनले पूर्व राजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077