Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा अभिलाशा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् ।

कम्पनीको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भए पनि पाण्डेले व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएकी थिईन् ।

पाण्डेले पदबाट राजिनामा दिएपछि उक्त पदमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिलाशाख पन्त शर्मालाई चयन गरेको हो ।

पाण्डेले सो पदमा रहि निरन्तरता दिन नसक्ने भनि राजिनामा दिई लक्ष्मी बैंकलाई जानकारी गराएपछि बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने अन्य कोही नभएको पत्र प्राप्त भएअनुसार कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले शर्मालाई संस्थापक संचालक पदमा चयन गरेको थियो ।

पन्त ४ वर्षको लागि संचालक पदमा रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077