Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल कारवाही गर्न महेश बस्नेतको माग

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारवाही गर्न माग गरेका छन् ।

पर्यटनमन्त्री किरातीले पशुपति मन्दिरको ५३५ रोपनी ३ आना जग्गा भुमाँफिया संग मिलेर ३१ रोपनि जग्गा गायब बनाएको भन्दै किरातीलाई नेता बस्नेतले कारवाही गर्न माग गरेका हुन् ।

नेता बस्नेतले सामाजिक संञ्जालमा लेखेका छन्,'आफुलाई भाइरल मन्त्रीको रुपमा चिनाउन चहाने सुदन किराँतीले कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको पशुपति मन्दिरको ५३५ रोपनी ३ आना जग्गा मध्य भुमाँफिया संग मिलेर ३१ रोपनि जग्गा गायब बनाइ ५०४ रोपनी ३ आना हालसाबिक गरेर अरु जग्गा खोजविन गर्ने बहानामा कथित आयोग बनाएर ३१ रोपनी जग्गा हिनामिना गर्ने निर्णय गरेका छन । सो निर्णय किमार्थ मान्न सकिदन । सुदन किराँती,मन्त्री ज्यू ३१ रोपनी जग्गा हालसाबिक गर्ने निर्णय गरेर कहाँ गायब गर्नुभयो ? भ्रष्ट मन्त्रीलाई तत्काल छानबीन गरि कार्बाही गर्न दबाब शृजना गरौं ।'

नेता बस्नेतले अरु जग्गा खोजविन गर्ने बहानामा पर्यटनमन्त्री किरातीले आयोग बनाएर ३१ रोपनी जग्गा हिनामिना गरेको बताए । उनले भ्रष्ट मन्त्रीलाई तत्काल छानबीन गरि कार्बाही गर्न दबाब शृजना गनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077