Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण :बयानै नदिइ हिरासत फर्किए इन्द्रजित, तीन आरोपितको सकियो बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको तीन जनाले आज बयान दिएका छन् ।

आइतबार सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले काठमाडौं जिल्ला अदालतमा बयान दिएका हुन् ।

भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका एक इन्द्रजित राई बयान नै नदिइ हिरासतमा फर्किएका छन् । बयानका लागि इन्द्रजितलाई लगिएको भए पनि विभिन्न कारण देखाउँदै उनलेले बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान क्रमैसँग लिएका थिए । तीनै जनासँग बयान लिने काम सकिएको छ । इन्द्रजित राईसँग भने अब मंगलबारमात्र बयान लिइने भएको छ ।

आइतबारसम्म यो प्रकरणमा ५ जनाको बयान सकिएको छ । अदालतमा शुक्रबार र आइतबार दुई दिनमा लक्ष्मी महर्जन, टंक कुमार गुरुङ, सन्दीप रायमाझी, सागर राई र केशव प्रसाद दुलालको बयान सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077