Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

घुस अस्वीकार गरेकै दिनदेखि ममाथि प्रहार सुरु भयो : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तीन करोड अफर अस्वीकार गरेकै कारणआफुमाथि नियोजित प्रहार भएको बताएका छन् ।

गीतकार संघको १४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न तीन करोड रुपैयाँको प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेकै कारण आफूमाथि नियोजित प्रहार भएको दाबी गरेका हुन् ।

पर्यटन मन्त्री किरातीले भने,‘एकदिन फोन गर्ने व्यक्तिलाई भेट्दा टोकन मनी एक करोड, नियुक्त गरेका सात दिनमा एक करोड र त्यसको एक महिनापछि एक करोड दिने प्रस्ताव गरेका थिए। मैले घुस अस्वीकार गरेकै दिनदेखि प्रहार सुरु भएको थियो ।’

कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने साविक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफूलाई अनावश्यक आरोप लगाइएको मन्त्री किराँतीको भनाइ छ ।

उनले सो क्षेत्रमा रहेको जग्गामध्ये ५०४ रोपनीको हालसाविक गरी तारबार गर्ने र ३१ रोपनी खोज्न नापी र मालपोतको सदस्य रहने गरी सात सदस्यीय समिति गठन गर्ने निर्णय भएकोमा ३१ रोपनी जग्गालाई वैधता दियो भनेर प्रचार गर्न केही मान्छेहरु नियोजित रुपमा लागेको जिकिर गरे ।

पर्यटनमन्त्री किरातीले आफू सेटिङमा चल्न नमान्दा र भ्रष्टाचार गर्न अस्वीकार गरेकै कारण जग्गा प्रकरणमा अनावश्यक रुपमा मुछ्न खोजिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077