Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच आरोपीको थुनछेक बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमध्ये ५ जनाको थुनछेक बयान सकिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहमा संलग्न पाँच जनाको थुनछेक बयान सकिएको हो ।

जिल्ला अदालत, काठमाडौंमा आइतबार आरोपी टंक गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान सकिएको छ भने यसअघि सागर राई र केशव दुलालको बयान सकिएको थियो ।

पक्राउ परेका १७ जना प्रतिवादीहरुको थुनछेक बहस अघि अहिले बयान भइरहेको हो । बयानपछि बहस हुनेछ, त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने तीन मध्ये एक निर्णय सुनाउनेछ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले चार दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077