Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • लोकतन्त्रको विकल्प समृद्ध लोकतन्त्र नै हो : माधव नेपाल

    लोकतन्त्रको विकल्प समृद्ध लोकतन्त्र नै हो : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको विकल्प नरहेको बताएका छन् ।

    गणतन्त्र दिवसका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै निरङ्कुशतन्त्रविरुद्ध नेपाली जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका हुन् ।



    अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको भन्दै यसैलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।



    जारी विज्ञप्तिमा समाजवादमा सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    सुशासन कायम गर्न संस्थागत विकृती र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार