Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गणतन्त्र दिवसको कार्यक्रम मेयर बालेनद्धारा बहिस्कार, उपमेयर पनि अनुपस्थित

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन्द्र साह (बालेन)ले १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रमलाई बहिस्कार गरेका छन् भने उक्त कार्यक्रममा उपमेयर सुनिता डंगोल पनि अनुपस्थित भइन् ।

गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह मेयर बालेनले अघोषित रुपमा बहिष्कार गरेका हुन् । समारोहमा मेयर बालेन र उपमेयर डंगोल सहभागी भएनन् ।

गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् ।

महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएका भएपनि यो पटक किन सहभागी भएनन् भन्ने जानकारी नभएको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077