Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसदलाई बालेनको व्यंग्य - वडाध्यक्षको काम गर्ने भए सांसद किन बन्नुहुन्छ माननीय ज्यूहरु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदप्रति व्यंग्य गरेका छन् । सांसदहरुको दबाबमा ‘संसद् विकास कोष’ ब्यूँतिएपछि उनले वडाध्यक्षकै काम गर्नका लागि सांसद किन बनेको भन्दै व्यंग्य गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्यूहरु।’

सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमा सांसद विकास कोषका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड विनियोजन गरिएको छ ।

विकास निर्माणको इकाइको रूपमा स्थानीय तह र त्यसभन्दा माथिल्लो तह प्रदेशको संरचना हुँदाहुँदै नीति बनाउनेमा केन्द्रित हुनुपर्ने विधायिकाको प्रत्यक्ष नियन्त्रणमा हुने कोषलाई निरन्तरता दिन नहुनेमा स्थानीय तहका प्रमुख, पूर्वअर्थसचिव तथा विज्ञहरूले आग्रह गरे पनि यस्तो कार्यक्रम अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077