Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाँकी २६ आन्दोलनकारी रिहा गर्ने सहमतिपछि प्रदेश बन्दको कार्यक्रम फिर्ता

विराटनगर । आन्दोलनको क्रममा आइतबार पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि घोषित कोसी प्रदेश बन्दको कार्यक्रम फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको हो ।

आन्दोलनकारीले बुधबारबाट आमहडताल गर्ने तयारी गरेका थिए । यसबारे प्रशासन र पहिचानवादीका नेताबीच सहमति भएको हो ।

यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना रिहा भएका थिए । प्रदेशको नाम कोशिको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077