Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : आठ अभियुक्तको बयान सकियो, अझै नौ जनाको बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थप तीन जनाको बयान सकेको हो ।

योसँगै यस प्रकरणमा हालसम् आठ अभियुक्तको बयान सकिएको छ । मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइएको हो ।

यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो । त्यस्तै, गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार यो हप्तामा बाँकी रहेका नौ अभियुक्तसमेतको बयान सकिनेछ । प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ । बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077