Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन । ट्रकले ठक्कर दिँदा चितवनमा एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक मंगलबार राति ट्रकले साइकललाई दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नम्बरको ट्रकले मार्तल पुल नजिक साइकलयात्री पाण्डेलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार राति नै मृत्यु हो । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077