Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कोसी प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता पेस हुँदै

विराटनगर । कोसी प्रदेशमा आज आर्थिक वर्ष २०८०-०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत पेस हुँदै छ ।

बजेट अविधेशनअन्तर्गत बुधबार बस्ने  दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतामासम्बन्धी प्रस्ताव सदनमा पेस गर्नेछन् ।

प्रदेशसभा सचिवालयका अनुसार पेस भएको प्रस्तावमा सदनमा छलफल हुनेछ ।

साथै पहिचानवादीले गर्न सक्ने विरोध प्रदर्शनलाई मध्यनजगर गरी बैठक अगावै प्रदेशसभा सचिवालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077