Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ११ दिनपछि मेलम्चीको पानी काठमाडौं पठाइयो

    ११ दिनपछि मेलम्चीको पानी काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ ।

    हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले यही जेठ ६ गतेदेखि पानी वितरण बन्द गरिएको थियो ।



    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार संरचनाको मर्मतपछि पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको हो ।



    २०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना (हेडवर्क्स) तहसनहस बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार