Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने २ अर्ब बढी

    शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने २ अर्ब बढी

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यपछिको दोस्रो कारोबार दिन बुधबार पनि शेयर बजारमा उच्च गिरावट आएको छ।

    मंगलबार ५३ अंकले घटेको नेप्से सूचकले बुधबार पनि निरन्तरता पायो। शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८.८३ अंकले घटेर १८४९ विन्दुमा झरेको छ ।



    बजार घटेकाे दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक शेयर अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार