Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विधेयक प्रमाणीकरणसँगै नागरिकता समस्या सधैंका लागि अन्त्य भयो : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्।

सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुने बताएका हुन् ।

अध्यक्ष यादवले भने, ​‘मुलुकबाट नागरिकतासम्बन्धी समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने विषय दुरभाग्यपूर्ण हो । यस्तो मुलुक संसारमा कतै छैन्, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ-बोलाइ नागरिकता दिन्छन् तर यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ।’

​उनले विगतमा पनि लामो संघर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठूलो नै सघर्ष गर्नु परेको बताए।

अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकतासम्बन्धी सबै समस्या समाधान हुनेमा आशावादी भएको अध्यक्ष यादवले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077