Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपतिविरुद्ध युवा संघको मसाल जुलुस

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध मसाल जुलुस निकालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रघाती काम गरेको भन्दै युवा संघले बुधबार साँझ नयाँ बानेश्वरमा मसाल जुलुस निकालेर विरोध जनाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै सामाजिक सञ्जालमा बहस सृजना भएको छ। कतिपयले यो विधेयकको स्वागत गरेका छन् भने कतिपय विपक्षमा उत्रेका छन्

संसद्‍मा ल्याएर छलफलपछि अघि बढाउनुपर्ने उक्त विधेयक सरकारको आग्रहमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विरोधमा उत्रिएका छन्।

अघिल्लो कार्यकालको संसद्का बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगर्दा विधेयक निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077