काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।
बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताए ।
राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।